विद्युतीय गाडीको आयात ठप्प
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ४२८ ओटा विद्युतीय गाडी भित्रिएका थिए ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार बढाएपछि यस्ता गाडीको आयात घटेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्षसम्म विद्युतीय गाडीको आयातमा १० प्रतिशत मात्र भन्सार थियो ।
तर सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म पु¥याएपछि व्यवसायीले विद्युतीय गाडीको आयात नै गर्न छाडे । नाडाका महासचिव सुनिल रिजालले विद्युतीय गाडीमा सरकारले गरेको करवृद्धिपछि माग ह्वात्तै घटेको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण