पुनमको होली अवतार, तस्विरमा हेर्नुहोस्
काठमाडौँ । पुनम बिशुंखे यतिबेला मोडलिङ र अभिनयमा स्थापित हुन कम्मर कसेर लागि परेकी छन् । ललितपुरको गोदावरी स्थायी घर भएकी उनी पछिल्लो समय बानेश्वरको शान्तिनगर स्थित ओम शान्ति चोकमा बसेर कलाकारिता क्षेत्रमा आफ्नो पाइला अगाडि बढाउँदै आएकी छन् ।
सानैदेखि नाँचगान भनेदेखि हुरुक्क हुने उनको मोडलिङतिर पनि रुचि थियो । यो क्षेत्र उनले रोजेको तीन वर्ष पुगिसकेको छ । हिमालय टेलिभिजनबाट प्रसार हुने टेलिचलचित्र ‘चार सय बीसको झड्का’ बाट अभिनय यात्रा सुरु गरेकी उनले आवश्यक प्रशिक्षणसहित यो क्षेत्रमा होमिएकी हुन् ।
राष्ट्रिय नाँचघरकी २४ औँ ब्याचकी बिद्यार्थी उनी कल्चरल नृत्य, आइटम नृत्य र बेली डान्सबाट जो कोहीलाई पनि मोहित पार्ने क्षमता राख्छिन् । उमेरले २३ टेकेकी बिशंखेले अहिलेसम्म १५ म्युजिक भिडियो र ‘प्रहर’नामक एक फिल्म अभिनय गरेकी छन् । उनी नेपाल टेलिकमको विज्ञापनमा पनि देखिने गरेकी छन् । अहिले नियमित काम हात परिरहेको बताउने उनको सफल र चर्चित कलाकार बन्ने लक्ष्य समेत रहेको छ ।
फागु पूर्णिमा उनलाई सानैदेखि मनपर्ने चाड हो । केही वर्षदेखि उनी यो चाड धुमधामसँग मनाउँदै आएकी छन् । होलीमा रङ्गसँग खेल्न रुचाउने उनी यो वर्ष पनि कोरोनाभाइरसको सतर्कतासहित होली मनाउँदैछिन् । ‘अहिले होली खेल्न निस्कने तयारी गर्दैछु’ उनले भनिन् ‘शान्तिनगरमा साथीभाइ जम्मा भएर होली खेल्ने योजना छ,’ उनले सुनाइन् ।
पुनमले होलीको अवसर पारेर विशेष फोटो सुटसमेत गराएकी छन् । हरि न्यौपानेले खिचेका तस्विरहरू यहाँ प्रस्तुत गरिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण