माल्दिभ्समा हनिमुन मनाइरहेकी छिन् दिया मिर्जा, सौतेनी छोरीसँग फोटो सेयर गर्दा तारिफ
नायिका दिया मिर्जा आफ्ना श्रीमान् वैभव रेखीसँग आजकाल मालदिभ्समा हनिमून मनाइरहेकी छिन् । उनीहरुसँग वैभव रेखीकी छोरी समायरा पनि छिन् । हालै दियाले माल्दिभ्समा सौतेनी छोरी समायरासँग खिचिएको एउटा फोटो सोसल मिडियामा सेयर गरेकी छिन् । यो फोटोमा थुप्रै मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् ।
सेयर गरिएको फोटोमा दियाले छोरी समायरासँग पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा दियाले सेतो रङको ड्रेस लगाएकी छिन् । साथै समायराले कालो रङको प्रिन्टेड ड्रेस लगाएकी छिन् । फोटो सेयर गर्दै यसको क्रेडिट श्रीमान् वैभव रेखीलाई दिएकी छिन् ।
दियाका प्रशंसकलाई यो फोटो निकै मन परिरहेको छ । साथै हनिमूनमा समायरालाई सँगै लिएर गएकोमा दियाको निकै तारिफ पनि गरिरहेका छन् । एउटा प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘तपाईंजस्तो अरु कोही हुन सक्दैन ।’
यसअघि पनि दियाले माल्दिभ्सबाट बिकिनीमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेकी थिइन् । उनको यो फोटोले पनि निकै चर्चा बटुलेको थियो ।
दिया र वैभव दुबैको यो दोस्रो विवाहः
पूर्व मिस एशिया प्यासिफिक दिया मिर्जा र व्यापारी वैभव रेखीले १५ फेब्रुअरीमा हिन्दू रितिरिवाजमा मुम्बईमा विवाह गरेका थिए । दिया र वैभव दुबैको यो दोस्रो विवाह हो । यसअघि सन् २०१४ मा दियाले आफ्ना बिजनेस पार्टनर साहित संघासँग विवाह गरेकी थिइन् जोसँग सन् २०१९ मा उनको सम्बन्धविच्छेद भएको थियो । यस्तै वैभव रेखीको पहिलो विवाह योग र लाइफस्टाइल कोच सुनैनासँग भएको थियो । समायरा वैभव र सुनैनाकी छोरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण