भंसालीको फिल्ममा मुख्य भूमिका नपाएका कारण रिसाएकी छिन् दीपिका पादुकोण ?
सञ्जय लीला भंसाली र दीपिका पादुकोणको जोडीले बलिउडमा थुप्रै सुपरहिट फिल्म दिएको छ । यी फिल्म बक्स अफिसमा निकै सफल रहे भने यी फिल्मले दर्शकको मनमा भिन्न स्थान पनि बनाउनसमेत सफल भएका छन् । यो सूचीमा बाजीराव मस्तानीदेखि पद्मावतसम्म, थुप्रै फिल्म समावेश छन् । तर आफ्नो महत्वाकांक्षी प्रोजेक्ट गंगूबाई काठियावाडीका लागि भंसालीले आलिया भट्टलाई छानेका छन् । दीपिकालाई यसमा कास्ट गरिएन ।
भंसालीसँग दीपिका रिसाएकी छिन् ?
खबरका अनुसार दीपिका पादुकोण भंसालीसँग रिसाइरहेकी छिन् । गंगूबाईमा आलियालाई मुख्य भूमिका दिइएको भन्दै दीपिका रिसाएको बताइन्छ । दीपिकालाई गंगूबाई काठियावाडीमा एउटा आइटम नम्बर अफर गरिएको पनि बताइन्छ । अब यी अड्कलबाजीमा विराम लागेका ेछ । एक भारतीय समाचार एजेन्सीसँगले सञ्जय लीला भंसाली र दीपिका पादुकोणबीच सबैकुरा राम्रो चलिरहेको बताएको छ । उक्त सञ्चार माध्यमका अनुसार यी दुईबीच राम्रो सम्बन्ध त छँदै छ, उनीहरु निकै व्यावसायिक पनि छन् ।
दीपिकालाई अफर भयो गंगूबाई ?
उक्त सञ्चार माध्यममा दाबी गरिए अनुसार कोरोना कालमा रणबीर सिंह र दीपिकाले सञ्जयसँग लगातार सम्पर्क गरेका थिए । जबदेखि निर्देशकलाई कोरोना भयो, उनीहरु दुबैले सञ्जयलाई लगातार फोन गरिरहेका छन् । त्यसैले रिसाएको भन्ने कुरामा कुनै दम छैन । यस्तो कुरा रह्यो फिल्ममा मुख्य भूमिकाको, यो विषयमा पनि दीपिकालाई भंसालीले गंगूबाईका लागि कुनै अफर गरेनन्समेत भनिन्छ । यो फिल्मका लागि सुरुदेखि नै आलिया पहिलो रोजाई थिइन् । यस्तोमा दीपिकालाई कास्ट गर्नुको प्रश्न नै उठ्दैन ।
ग्याङ्गस्टर बन्नेछिन् दीपिका पादुकोण ?
हुन त दीपिकासँग विशाल भारद्वाजको एउटा निकै राम्रो फिल्म छ । उनी सपना दिदी नामको फिल्ममा ग्याङ्गस्टरको भूमिका निभाउने तयारीमा छिन् । तर उक्त फिल्मको विषयमा धेरै जानकारी सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण