यी विशेष व्यक्तिसँग रिया चक्रवर्तीले तस्बिर साझा गर्दै भनिन्, ‘प्रेम शक्ति हो’
सोमबार, १६ चैत २०७७, १४ : ३१
सन् २०२० अभिनेत्री रिया चक्रवर्तीका लागि निकै खराब वर्ष रह्यो । अब उनी यस्ता कुराबाट बाहिर निस्कने कोसिस गरिरहेकी छिन् । रिया चक्रवर्ती निकै लामो समयदेखि सोसल मिडियामा सक्रिय छैनन् । उनले मार्च ८ मा अन्तरराष्ट्रिय महिला दिवसको दिनमा पहिलो पटक एउटा पोस्ट सेयर गरेकी थिइन् । अब यसपटक रियाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट एउटा पोस्ट साझा गर्दै आफ्नो तस्बिर सेयर गरेकी छिन् ।
नायिकाले सार्वजनिक गरेको पोस्टमा ‘सांड की आंख’ की निर्मात्री निधि परमार र रिया बेडमा पल्टिरहेको देखिएका छन् । यी दुईले आफ्नो हातले हार्ट शेप बनाएका छन् । यो फोटो सेयर गर्दै रियाले अमेरिकी लेखिका राबर फुल्गमको एउटा कोट क्याप्सन बनाएर लेखेकी छिन्, ‘प्रेम नै शक्ति हो, प्रेम यस्तो फेब्रिक हो जुन कहिल्यै खुइलिँदैन चाहे त्यसलाई पीडा र समस्याको पानीले जतिसुकै धोइयोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण