श्रीमतीको क्यान्सरका कारण मृत्यु भएपछि १८ वर्ष कान्छी नायिकासँग लिभ–इनमा छन् यी नायक
राहुल देव यस्ता नायक हुन् जसले मोडलिङमा नाम कमाएपछि आफ्नै मिहिनेतमा बीटाउनमा आफ्नो स्थान बनाउन सफल भए । दमदार अभिनयका लागि परिचित यी हिरोले वास्तविक जीवनमा यस्ता उतार–चढाव देखेका छन् जसको सामना खासै कोही पनि गर्न चाहँदैनन् । राहुलले आफ्नी लेडी लभ रिना देवलाई सन् १९९८ मा जीवनसाथी बनाएका थिए तर थुप्रै वर्षपछि उनले पत्नीवियोग सहनुपर्यो । नायककी श्रीमतीलाई क्यान्सर देखियो र उनी यसमा हारिन् । राहुलले त्यसपछि विवाह गरेनन् । यद्यपि, उनको जीवनमा प्रेम एकपटक पुनः फर्किएको छ ।
अन्तरवार्तामा बताए मनको कुराः
राहुलले ईटाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे कुरा गर्दै आफ्नो सम्बन्ध र विवाहको विषयमा आफ्नो सोच खुल्ला रुपमा नै राखे । नायक आजकाल नायिका मुग्धा गोडसेसँगको सम्बन्धमा छन् । यी दुईबीच करिब १८ वर्षको अन्तर छ तर उनीहरुले कहिले पनि यो कुरालाई आफूबीच आउन दिएनन् । यो जोडी लिभ–इनमा बस्छ ।
विवाहबारे भने यस्तोः
नायकले एक अन्तरवार्तामा आफू र मुग्धा पछिल्लो सात वर्षदेखि सँगै भएको बताए । उनले विवाहका लागि समाजले अत्यधिक दबाब दिने गरेको स्वीकारे । नायकले भने, ‘भव्य विवाह जोडीका लागि नभई परिवार र समाजलाई देखाउनका लागि हुन्छ जबकी सबैभन्दा महत्वपूर्ण कुरा भनेको दुई व्यक्ति जो साथमा छन् उनीहरु खुसी हुन् । ’
उनले थपे, ‘जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ तब तपाईं उनको मालिक बन्नुभएको होइन न नै त्यसमाथि कुनै प्रकारको ट्याग लगाउन आवश्यक छ । मुग्धाको पनि विवाहको विषयमा मेरैजस्तो सोच छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण