नेपालसामु दुई विकल्प
निलम्बनमा परे सँगै माधव नेपालका अगाडि दुईवटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने । स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरूसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन । ‘अहिले सम्म माओवादीले ओ लीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वाेच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर ओलीलाई समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ या हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरूको अबको बाटो त्यसपछि थप क्लियर होला ।’ ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले विसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर नेपाललाई परे पनि दीर्घकालीन अप्ठ्यारो एमालेलाई नै हुनेछ ।
ओलीले सोमबार पाँच बुँदे आरोपसहित नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै अदालतले एक ठाउँ मा ल्याइदिएको एमाले नेताहरू आफ्नै व्यवहारका कारण थप तितरबितर बन्ने स्थिति आएको हो ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण