सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’
सौर्यमण्डलमा रहेका आठ ग्रह अन्तर्गत बृहस्पति ग्रहलाई जति बुझ्ने कोशिश गर्यो त्यति नै रहस्यमय छ । सबै ग्रह आफ्नै खास कारणले एकआपसमा अलग छन् । बृहस्पति ग्रहलाई नेपाल तथा भारतमा गुरुको रुपमा मानिन्छ । अंग्रेजीमा जुपिटर नामले चिनिने यो ग्रह जुपिटरको रोमन सभ्यतामा अर्थ पौराणिक देवताको नाम हो । यस ग्रहका बारेमा जोडिएको केही रोचक प्रसंग यस्ता छन् ।
बृहस्पति ग्रहमा कुनै धरातल छैन । साथै, यो हाइड्रोजनले बनेको तथा अमोनिया क्रिस्टल र संभवतः अमोनियम हाइड्रोसल्फाइडको बादलले ढाकिएको छ । यसकारण पनि बृहस्पतिमा जीवनको कुनै संभावना छैन । बृहस्पति ग्रहको सबैभन्दा रोचक तथा रहस्यमय चिज भनेको ‘द ग्रेट रेड स्पट’ हो । वास्तवमा यो एक प्रकारको आँधी हो जो रातो धब्बा जस्तो देखिन्छ ।
वैज्ञानिकका अनुसार सयौंवर्ष देखि यहाँ यस्तो आँधी चलिरहेको छ जो यति ठूलो छ कि यसमा पृथ्वी जत्रो तीनवटा ग्रह समाहित हुन सक्छन । तर, वैज्ञानिकलाई यो तुफान चल्नुको कारण भने थाहा छैन ।
बृहस्पति ग्रहलाई सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ समेत भनिन्छ । यसको कारण भने यसले आफ्नो शक्तिशाली गुरुत्वाकर्षण बलले सौर्यमण्डलमा आउने बाहिरी उल्कापिण्डलाई आफूतिर तान्ने काम गर्छ । यदि यसो नहुने हो भने यी उल्कापिण्डहरु पृथ्वी तथा अन्य ग्रहसँग ठोक्किन पनि सक्छन् । जसले ठूलो विपत्ति पनि ल्याउन सक्छ ।
पृथ्वीमा चौबिस घण्टाको एक दिन हुन्छ भने बृहस्पतिमा ९ घण्टा ५५ मिनेटको । तर, पृथ्वीको ११.९ वर्षमा बृहस्पति ग्रहको एकवर्ष पूरा हुन्छ । जुन एकदमै अचम्मको कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण