म्यानमारमा भैरहेको हत्या र दमनविरुद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन (फोटोफिचर)
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेको छ । मंगलबार समाजले म्यानमारमा भैरहेको हत्या र दमन बन्द गर्नका लागि आह्वान गर्दै प्रदर्शन गरेको हो । त्यस्तै समाजले त्यहाँ भैरहेको हत्या र दमन बन्द गर्न राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघ समक्ष आग्रह गरेको हो ।

समाजका सभापति गोविन्द खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘ म्यानमारमा जारी हत्या र दमन तत्काल अन्त्य हुनुपर्छ र शिघ्र लोकतन्त्र बहाली हुनुपर्छ भन्ने आग्रहसहित यसअघि पनि मानवअधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि विरोध प्रदर्शन गरिसकेको छ । मानवअधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दछ ।’ म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेयता भएका प्रदर्शनमा ४ सय बढी प्रदर्शनकारीको मृत्यु भैसकेको छ । म्यानमारको सैनिक सत्ताले गरेको दमनको विश्वभर आलोचना भैरहेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण