नेपाल र रावललाई गरिएको कारवाहीप्रति युवा संघको आपत्ति
मङ्गलबार, १७ चैत २०७७, २१ : १५
काठमाडौं । युवा संघ नेपालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । युवा संघ नेपालले आज एक विज्ञप्ति जारी गरी सो घटनाप्रति आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा दलाल नोकरशाही पुँजीपति वर्गको आड भरोसा र अवसरवादमा परी कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्धेश्यले सो घटना गराइएको उल्लेख छ ।
युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उक्त कार्य समाजवाद निर्माणको आधारशीला निर्माण गर्ने प्रतिबद्धता विपरित मुलुकलाई गम्भिर राजनीतिक अस्थिरताको भड्खालोमा पुर्याउन उद्यत रहेको दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण