‘वाहियात, बकवास...’ सारा अली खानलाई देखेर नराम्रोसँग भड्किए प्रशंसक, मनिष मल्होत्रालाई पनि छोडेनन्
बलिउड नायिका सारा अली खान आफ्नो ड्रेसिङ सेन्सको विषयमा धेरैजसो चर्चामा रहन्छिन् । उनी एकपटक पुनः आफ्नो ड्रेसको विषयमा चर्चामा छिन् । वास्तवमा सारा अली खानले चर्चित डिजाइनर मनिष मल्होत्राको ब्याकलेस ड्रेस (ब्याकलेस लेहेङ्गा ब्लाउज) लगाएकी छिन् । त्यसपछि सोसल मिडिया प्रयोगकर्ताले उनको बेस्सरी ट्रोल गरेका छन् । यसका साथै प्रयोगकर्ताले मनिष मल्होत्रालाई पनि ट्रोलिङ गर्न छोडेनन् ।
सेलिब्रिटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा तीन तस्बिर सेयर गरेका हुन् । पहिलो तस्बिरमा उनी ब्याकलेस लेहेङ्गा ब्लाउजमा आफ्नो पिठ्यूँ देखाइरहेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनले भिन्न भिन्न पोज दिइरहेकी छिन् । विरल भयानीले आफ्नो पोस्टमा सारा अली खानले मनिष मल्होत्राद्वारा डिजाइन गरिएको ड्रेस लगाएको जानकारी दिएका छन् ।
बेस्सरी ट्रोलः
सारा अली खानको यो ड्रेसमा प्रयोगकर्ताले उनलाई बेस्सरी ट्रोल गरिरहेका छन् । प्रयोगकर्ताले सारा अली खानको यो ड्रेसमा वाहियात, बकवासजस्ता कमेन्ट गरेका छन् ।
प्रयोगकर्ताले लेखे, ‘थोरै कपडा ब्लाउजमा पनि राखिदिएको भए’
सारा अली खानको ड्रेसमा एक प्रयोगकर्ताले लेखे, ‘जति कपडा लेहेङ्गाको स्कर्टमा प्रयोग गर्नुभएको छ, त्यसको थोरै ब्लाउजमा पनि लगाइदिएको भए... यस्तो वाहियात ब्लाउज कुन बेहुलीले लगाउलान् ?’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘कसले लगाउँछ यस्तो डिजाइनको ब्लाउज । ब्लाउजले पनि सोचिरहेको होला अब खस्यो, अब खस्यो ।’
प्रयोगकर्ताले डिजाइनर मनिष मल्होत्रालाई पनि छोडेनन् । एक प्रयोगकर्ताले लेखे, ‘डिजाइनर, थोरै सोचेर बुझेर मात्रै कपडा बनाउ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो वाहियात ड्रेस हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण