आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको छः अष्टलक्ष्मी शाक्य
काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
नेतृ शाक्यले अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन् । उनले भनिन्, ‘तपाई हाम्रै कारणले गर्दाखेरी, हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं । कम्युनिष्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैं आफैं लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं ।
त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समीक्षा गर्नेकी नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढ्नुछ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनैपर्छ । हामी रुपान्तरित हुनैपर्छ । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’
नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताइन् । पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने बताइन् ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडि बढ्न आग्रह गरे । एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरे । विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उनले बताए । पौडेलले सकारात्मक भएर अगाडि बढ्न समेत सबैलाई आग्रह गरे ।
उनले भने, ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौं । जे जति भए ती सबै कुरालाई बिर्सौँ र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरि तिनै विषयलाई उठाउने हो भने फेरपनि समस्या आउन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण