परिणीति चोपडाले गराइन् नग्न फोटोसुटः ट्रोलर्सले भने, ‘गाडी आयो घरबाट फोहोर निकाल’
परिणीति चोपडा आजकाल आफ्नो फिल्म साइनाका लागि चर्चामा छिन् । यसवर्ष उनी एकपछि अर्को गर्र्द विभिन्न प्रोजेक्टमा देखिने भएकी छिन् । यी खबरका बीच परिणीतिको एउटा फोटोसुट चर्चामा छ । यो फोटोसुटमा परिणीति चोपडा नग्न अवतारमा देखिएकी छिन् । परिणीति चोपडाको यस्तो रुप देखेपछि कतिले उनको यो बोल्डनेसको तारिफ गरेका छन् भने कतिले मज्जाले ट्रोल गरिरहेका छन् ।
डब्बू रत्नानीको क्यालेन्डरमा सनी लियोनी, कृति सेननदेखि कियारा आडवाणीसम्मका थुप्रै नायिकाले बोल्ड फोटोसुट गराएका छन् । अब यो सूचीमा परिणीति चोपडाको नाम आएको छ । डब्बू रत्नानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा परिणीति चोपडा फोटो सेयर गरेका छन् ।
यो फोटोमा परिणीति नग्न देखिएकी छिन् । यो फोटोमा धेरैले कमेन्ट पनि गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘गाडी आएको छ, घरबाट फोहोर निकाल ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो त फोहोर हो, यसलाई चाँडै नै फ्याँक । ’ यस्तै अर्काले लेखेका छन्, ‘ओएमजी कपडा बिना नै ।’
स्मरण रहोस्, परिणीति चोपडाले बडी सेमिङबारे आफ्नो कुरा राख्दै करियरको सुरुवातमा आफ्नो बढेको तौलका कारण उनले निकै आलोचना झेल्नुपरेको बताएकी थिइन् । उनले बडी सेमिङलाई धर्तीको सबैभन्दा हास्यास्पद चिज भएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण