बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

बिहीबार, १९ चैत २०७७, २२ : ५०
बिहीबार, १९ चैत २०७७

एजेन्सी । कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो । 

योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।  धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन् । तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप