बिस्केट जात्राको तयारी : यसरी बन्दैछ तीन तले रथ (तस्विरहरू)
भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको रथ बनाउन सुरु गरिएको छ । वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ।

त्यसका लागि एक महिना अघिनै त्यसको आवश्यक काठ जुटाएर त्यसको आकार दिने गरिन्छ । जसमा कासी, बेलासी, चिलाउने जातका काठबाट प्रयोग गरिन्छ ।

यस्तै रथ बनाउँदा ६ वाइ ६ को २२ फिट लामो सालको ४ वटा गल प्रयोग गरिन्छ । यस्तै मोटा मोटा ट्वाकलहरु प्रयोग गरिन्छ । त्यसले रथ हल्लिदा पनि भाँचिन दिँदैन । ७० वर्षपहिले जुन काठबाट रथ बनाइन्थ्यो अहिले पनि त्यही काठबाट रथ तयार गरिन्छ ।

उक्त रथ तान्न शुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ। नयाँ वर्षका दिने देखि सुरु भएर आठ रात नौ दिन मनाइने जात्रामा रथ तान्ने र लिंगो उठाउने कुरालाई मुख्य आकर्षण मानिन्छ ।
जात्राको पहिलो दिन रथमा खड्ग, तरबार र निशान राखेर विशेष पुजारीद्वारा पूजाआजा तथा स्थानीयवासीले समेत छुट्टा–छुट्टै पूजाआजा गरिसकेपछि रथ तानेर जात्रा सुरु गरिन्छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण