माधव नेपाल लगायतका नेताहरुमाथि कारबाही गर्ने ओलीको निर्णयको भर्त्सना
काठमाडौं । झलनाथ-माधव पक्षीय स्थायी समिति बैठकले माधव नेपाल लगायतका नेताहरूमाथि कारबाही गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयको भर्त्सना गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीको कदमको भर्त्सना गरेको हो ।
केही दिनअघि अध्यक्ष ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । कलंकीस्थित मेगा ब्ल्याङ्केटमा चलिरहेको बैठकबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भीम रावलले एमालेको नवौं महाधिवेशनले तय गरेको विधानविपरीत एकलौटी रुपमा महाधिवेशन आयोजक समिति गठन गरेर अवैध अध्यक्ष बनिसकेका ओलीले कारवाही गर्नुको अर्थ नरहेको बताए ।
बैठकमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य र गोकर्ण विष्ट भने बैठक स्थलबाट बाहिरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण