माधव नेपाल लगायतका नेताहरुमाथि कारबाही गर्ने ओलीको निर्णयको भर्त्सना

काठमाडौं । झलनाथ-माधव पक्षीय स्थायी समिति बैठकले माधव नेपाल लगायतका नेताहरूमाथि कारबाही गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयको भर्त्सना गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीको कदमको भर्त्सना गरेको हो ।
केही दिनअघि अध्यक्ष ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । कलंकीस्थित मेगा ब्ल्याङ्केटमा चलिरहेको बैठकबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भीम रावलले एमालेको नवौं महाधिवेशनले तय गरेको विधानविपरीत एकलौटी रुपमा महाधिवेशन आयोजक समिति गठन गरेर अवैध अध्यक्ष बनिसकेका ओलीले कारवाही गर्नुको अर्थ नरहेको बताए ।
बैठकमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य र गोकर्ण विष्ट भने बैठक स्थलबाट बाहिरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?