राधेश्याम अधिकारीद्वारा कांग्रेसको निर्वाचन समितिबाट राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा संयोजक पदबाट राजीनामा दिएका हुन् । राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि नमानेपछि अधिकारीको राजीनामा स्वीकृत गरिएको एक जना केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।
अधिकारी संयोजक रहेको समितिले शुक्रबारको बैठकमा ७६ वटा जिल्लाको संगठन पुनर्संरचना र समायोजनसम्बन्धी काम पूरा गरेको भन्दै प्रतिवेदन बुझाएको थियो । सिन्धुपाल्चोक जिल्लाको भने समायोजनसम्बन्धी काम पूरा नभएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
अधिकारीको राजीनामाबारे आश्चर्य प्रकट गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिवेदन बुझाइसकेपछि उहाँले निर्वाचन समितिबाट राजीनामा दिनुभयो, किन यसो गर्नुभएको हो, बुझ्न सकिएन ।’ अधिकारी संयोजक रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा एकराज पोखरेल, सीताराम केसी, खम्बसिंह खाती र गोपीकृष्ण घिमिरे सदस्य छन् । यही समितिलाई पार्टीले ७७ जिल्लाको समायोजनको काम टुंगो लगाउने जिम्मेवारी सुम्पेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
