गायिका टीकादेखि मिस्टर सुवोधसम्मका बजारमा भित्रिए यस्ता गीत
काठमाडौँ । कोरोनाले देशविदेशका स्टेज कार्यक्रम प्रभावित पारेपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम यथावत छ । अचेल दैनिक दुईदेखि आधा दर्जनसम्मका गीतसंगीत बाहिर आउने गरेका छन् । केही दिनयता पनि बजारमा थुप्रै गीतसंगीत भित्रिएका छन् । तीमध्ये केही यस्ता रहेका छन् ।
टीकाको ‘फूल फुल्यो केशरी’
गायिका टीका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको डान्सिङ शैलीको गीत ‘फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ ।
अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोमा किरण मगर, निक्की श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
सुदीप बिस्टको छायाँकन र सम्पादन रहेको भिडियोमा किरण मगरको कोरियोग्राफी र निर्देशन रहेको छ ।
‘भात खाएर हो’
समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ । समीरकै शब्द, संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज गीतमा रहेको छ ।
गीतको भिडियो अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ‘द नेक्ट’को दमदार नृत्य देख्न सकिन्छ । एस स्टडी वर्ल्डले निर्माण गरेको विष्णु नेपालले निर्देशन गरेका हुन् ।
‘फ्याट्टै’
नविन रावल, बादल थापा र स्मीता दाहालको स्वर रहेको ‘फ्याट्टै’ बोलको गीत सार्वजनिक भएको छ ।
नविन रावलको संगीत तथा मिलन विष्टको शब्द रहेको गीतको भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा र जिवेश गुरुङको अभिनय रहेको छ ।
भिडियोका निर्देशक, कोरियोग्राफर राहुल शाह हुन् । भिडियोमा राहुलले संचालन गर्दै भाईव एण्ड वेभ ग्रुपको नृत्य रहेको छ । गीतमा ट्रयांगल लभ स्टोरी देखाउन खोजिएको छ ।
सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोलाई पवन सुस्लिङगले छायाँंकन गरेका हुन् ।
‘माया साँचेको’
गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकोे छ । भिडियो फिल्मका निर्देशक साकार पन्तले निर्देशन गरेका हुन् ।
पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनीशा हमालको अभिनय देख्न सकिन्छ । अमर रोकाको शब्द र संगीत रहेको भिडियोमा रोमन मानन्धरले खिचेका हुन् । भिडियो गीतको भाव अनुसार उत्कृष्ट बनाउने प्रयास आफुले गरेको निर्देशन पले बताए । भिडियोको छायाँकन धम्पुस आसपास खिचिएको हो ।
‘कान्छी’
गायक मिस्टर सुबोधको ‘निलो आकाश’ एल्बममा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक मिस्टर सुवोध र बोनस ब्यान्डका सुवास राईको शब्द तथा कल्याण सिंहले संगीत सुन्न सकिन्छ ।
भिडियोमा लक्ष्मण पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दिपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कंडेलको अभिनय रहेको छ ।
लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द बिष्टले खिचेका हुन् । भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् । भिडियोको सम्पुर्ण छायाँकन जापानमा गरिएको छ ।
‘सुहाउँदैन ओठमा हाँसो’
गायिका रानी शाक्य र पुरुषोत्तम न्यौपानेको स्वर रहेको गीत ‘सुहाउँदैन ओठमा हाँसो ’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
जीवनका विभिन्न आरोह अवरोह समेटिएको गीतमा प्रदिप सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन छ ।
नवराज न्यौपानेको छायाँकन, शक्ति प्रज्वल घिमिरेको निर्देशन रहेको भिडियोमा कमल सिंह, गीता ढुंगाना , तेजेन्द्र गौतम र नवराज भट्टराईको अभिनय देख्न सकिन्छ ।
‘नक्कली केटी’
प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेक्द्र खोखालीले निर्देशन गरेका हुन् ।
भिडियोमा पोखराकी नीता सुनुवार बोल्ड अवतारमा देखिएकी छन् ।
‘हे सुवा’
गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा स्वर रहेको गीत ‘हे सुवा’ सार्वजनिक भएको छ ।
गीतमा रबिना स्वप्निल गिरीको तथा दीपकराजको संगीत छ । गायक दीपक राजकै निर्देशन रहेको भिडियो चक्र बम र मीना शाहीको अभिनय देख्न सकिन्छ ।
‘ऐशेलुको काँडा’
गीतकार विश्व गौडेलको शब्द रहेको गीत ‘ऐशेलुको काँडा’ सार्वजनिक भएको छ । ‘नेपाल आइडल सिजन ३’ प्रतियोगी किरण भुजेलको स्वर रहेको गीतमा शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।
सुधीर श्रेष्ठ, खतिवडा, प्रिज्मा खतिवडाको अभिनय रहेको गीतको भिडियोमा सुरेन्द्र बस्यालको कोरियोग्राफी, डेमोन क्षेत्री, उषाको नृत्य रहेको छ ।
भिडियोमा बालापनको साथीलाई बर्यौ पछि भेट्दाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण