भियतनामका नवनियुक्त राष्ट्रपति फूकले लिए सपथ
हनोई । भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिएका छन् । भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहनु भएका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो । उनको सरकारले कोभिड–१९ को नियन्त्रणमा प्राप्त गरेको सफलतालाई देशभित्र र बाहिर निकै प्रशंसा गरिएको थियो ।
सोमबार सम्पन्न गोप्य मतदानमा फुकले ५०० सदस्यीय राष्ट्रियसभामा धेरै मत प्राप्त गरेका थिए । भियतनाममा कम्युनिष्ट पार्टीको शासन रहेको छ र यहाँ पार्टीका महासचिव, राष्ट्रपति र प्रधानमन्त्रीमा शासनको बागडोर रहेको छ । महत्वपूर्ण निर्णयहरु १८ सदस्यीय पोलिटब्युरोले गर्ने प्रचलन छ ।
राष्ट्रपति समेत रहेका ७६ वर्षीय नुयेन फू ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा गत जनवरीमा चुनिएपछि राष्ट्रपति पद रिक्त थियो । त्यसपछि फुक राष्ट्रपति पदका एक्ला दाबेदार रहेका थिए । सपथ ग्रहण पश्चात नवनियुक्त राष्ट्रपति फूकले आफूले देशको उच्च पदमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गरे ।
भियतनामी कम्युनिष्ट पार्टीको पोलिटब्युरो नेताहरुको उमेर सामान्यतया ६५ रहेको छ, तर दुई नेताका लागि उमेरको हदलाई हटाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण