शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई अदालतमा बुझाइयो

सोमबार, २३ चैत २०७७, १६ : ०१
सोमबार, २३ चैत २०७७

काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर गरेको थियो । 

फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी रु ६१ लाख बढीको चेक काटी दिएका थिए ।  यसैबीच वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट संरक्षित वन्यजन्तुको छाला आखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा वन्यजन्तुको अङ्ग ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बाराको सिमरा बस्ने फुलमाया तामाङ, गुल्मीका शिव पल्ली र रामेछाप दोरम्बाका पासाङ टसी तामाङलाई पक्राउ गरिएको पन्तले जानकारी दिइन् । उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप