एमसीसी लगायतका सन्धि दर्ता छन्: मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकरले संसदलाई बिजनेस नदिएको भन्ने भनाइको खण्डन गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारले संसदलाई बिजनेस नदिएको भन्ने भनाइमा सत्यता नरहेको बताएका हुन् ।
‘सरकारले विभिन्न सन्धिहरु सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् ? म भन्न सक्दिन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो’ मन्त्री ज्ञवालीको जवाफ छ । ‘एमसीसी भन्नुस्, आइएइएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरु अनुमोदनका लागि संसदमा दर्ता भएका छन् । हामी त सधैं तयार छौं ।
सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ’ मन्त्री ज्ञवालीले प्रतिप्रश्न गरे । काँग्रेस सांसदहरुले एमसीसी लगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण