२४ घण्टामा थपिए २६० कोरोना संक्रमित
मङ्गलबार, २४ चैत २०७७, १६ : ४१
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३,४५५ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन हजार ३६ जनाको निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
-
कार्यव्यवस्था परामर्श समितिमा सभामुख : ध्रुवीकरण होइन, सहकार्य
-
संसद् भवनभित्र अल्झिएको राजनीति
-
ताइवानमा लाई चिङ टेले लिए राष्ट्रपतिको शपथ
-
पारिश्रमिक कम भएपछि अनिल कपुरले छाडे हाउसफुल-५
-
बानेश्वरमा कांग्रेससहित विपक्षी दलको बैठक सुरु, साझा धारणा बनाइने