‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक
बुधबार, २५ चैत २०७७, १६ : ३४
मेलवर्न बस्ने कपिल तथा सागरको लेखन र प्रस्तुतिमा ‘अक्कड बक्कड बम्बे बो’ बोलको नयाँ र्‍याप गीत सार्वजनिक भएको छ । मेक मनी रेकर्डस्ले यस गीत तयार गरेको हो । मुख्य निर्माता मिस्ट चाम्ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो वकाव भिजुयल्स र बाबा फिल्मस् प्रडक्सनले गरेको हो । गीतको भिडियोलाई युट्युबमा ५० हजारभन्दा धेरैले हेरिसकेका छन् ।
ऋषि सुफीले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यसैगरी रपिल महर्जन, रमेश चौधरी, अनिश गौतम, साकार शाही र सञ्जय बाबाले भिडियो छायाँकन गरेका छन् । भिडियोमा आरती श्रेष्ठ, बुनु तामाङ, आशिष भुजेल, प्रशान्त तामाङ, सरुना श्रेष्ठ, आशिष हिडो, युनिक लामा, सुनिता घतानी, सिसम विक, प्रनिशा सुनवार,उषा भट्टराई, त्रिजा पाण्डे, प्रिया राना र सिजना श्रेष्ठले डान्स गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण