सिंगटी हाइड्रोको आइपिओ बाँडफाँड
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको कुल २६ लाख ९७ हजार कित्ता आइपिओ शुक्रबार बाँडफाँड गरेको हो । शुक्रबार बिहान गोलाप्रथाबाट भएको सेयर बाँडफाँडमा कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
चैत ६ गतेदेखि ९ गतेसम्म खुल्ला गरिएको कम्पनीको आइपिओका लागि कुल १५ लाख ६५ हजार ५ सय ३० जनाले दिएको आवेदन दिएका थिए । जसमध्ये५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको र बाँकी योग्य कायम भएका १५ लाख ५९ हजार ८ सय २ आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
जसबाट १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरुको हात खालि हुन पुगेको छ । आइपिओको नतिजा मेरोशेयर, सिडीएसको आइपिओ वेबसाइट, बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र कम्पनीको आधिकारिक वेबसाइटबाट समेत हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण