७३ वर्षकी यी वृद्धा आफ्ना लागि खोजिरहेकी छिन् दुलहा, छपाइन् विज्ञापन
भनिन्छ, प्रेम र विवाहको कुनै उमेर हुँदैन । यसको एउटा उदाहरण भारतको कर्नाटकको मैसुरमा देख्न पाइएको छ । यहाँकी एक ७३ वर्षीया अवकाशप्राप्त महिला शिक्षकले विवाहको विज्ञापन दिइन् र उक्त विज्ञापनमा एक ६९ वर्षका व्यक्तिले प्रतिक्रिया पनि दिएका छन् ।
कर्नाटकको मैसुरको यो विवाहको विज्ञापनले धेरैको ध्यान आकृष्ट गरेको छ । विज्ञापनमा वृद्धा महिलाले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छिन् । महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छिन् ।
बेंगलुरुकी महिलावादी कार्यकर्ता वृन्दा अदिगेले इन्डिया टुडेसँगको कुराकानीमा यसलाई निकै सकारात्मक पहल बताएकी छिन् । उनले यो कुरासँग उमेरको कुनै लेनदेन नभएको र कसैले कसैलाई साथी बनाउन सक्ने बताएकी छिन् । उनी भन्छिन्, ‘हामी सबैले यो कुराको सम्मान गर्नुपर्छ । हामी लामो समयदेखि यो धारणामा छौं कि युवावस्थामा नै विवाह गर्नुपर्छ । ’
जानकारीका अनुसार यो विज्ञापनमा एक ६९ वर्षका व्यक्तिले प्रतिक्रिया दिएका छन् । उनी अवकाशप्राप्त इन्जिनियर हुन् । यद्यपि, यी व्यक्तिबारे अहिले नै खासै धेरै जानकारी सार्वजनिक भएको छैन ।
ती वृद्ध महिलाले आफू पारम्परिक तरिकाका श्रीमानसँग आफ्नो जीवन बिताउन चाहेको बताएकी छिन् । जानकारीका अनुसार ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र पहिलो विवाहमा आफ्नो अनुभव निकै भयानक भएको बताएकी छिन् । महिलाले थुप्रै वर्षसम्म विवाह गरिनन् । यद्यपि, अहिले उनी पुनः विवाहका लागि तयार भएकी छिन् ।
एकातिर उक्त विज्ञापनमा युवावर्गले समर्थन गरिरहेका छन् भने कतिले महिलाको यो निर्णयलाई सामाजिक रुढीलाई तोडेको क्रममा हेर्नुपर्ने बताएका छन् भने अर्कातिर केही मानिसहरुले महिलालाई सावधान रहन पनि सल्लाह दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण