कविता: अठोट
-भुवन रोका “मित्रजी”
म
सुनैसुनले भरिएको
बाकसमाथि बसिरहेको
एउटा भोको मान्छे
म
ठूलो तालको बीचमा
डुङ्गाभित्र तैरिरहेको
एउटा प्यासी मान्छे
मसँगै छ
एउटा कालो छाता
जुन ओड्नै मिल्दैन
चर्को घाम अनि दर्के झरीमा
त्सैसैले
तापिरहेछुँ हरेक गर्मीको घाम
भिजिरहेछु हरेक वर्षाको झरी
उता
मुस्कुराइरहेछ छाता
मेरो काँधमा झुण्डिएर
त्यहाँबाट बग्ने पसिना पिएर
मसँगै छ
एउटा खुइलिएको चस्मा
जुन लगाउनै मिल्दैन
नदेखिने ठाऊँहरुमा
त्यसैले त देख्दिन
पूर्व-पश्चिम कुदिरहने रेल
जमिनमुनिको ग्यासको पाइप
हावाबाट निकालिएको बिजुली
मेलम्ची बग्ने धाराहरु
भ्रष्टचारका प्रमाणहरु
उता
मुस्कुराइरहेछ चस्मा
फाटेको कमिजको गोजिमा झुण्डिएर
त्यहाँबाट छातीको रगत चुसेर
मसँगै छ
एकजोर च्यातिएको जुत्ता
जुन टेक्नै मिल्दैन
जमिन अनि पानीमा
त्यसैले कहिले पुग्दिन
त्यो खोला छेउको चुच्चे गाउँ
डाडाँपारीको ठाऊँ
पर्खालभित्रको दरबार
न्यायलयको संघार
उता
मुस्कुराइरहेछ जुत्ता
मेरो शिरमा टेकेर
उचाईको बिन्दु मेटेर
मसँगै छ अझैपनि
एउटा सानो तर ढृढ अठोट
अब छिट्टै
किन्नेछु भोजन सुन बेचेर
मेट्नेछु प्यास तलाउबाट झिकेर
छेक्नेछु घामपानी छाता ओडेर
देख्नेछु अदृश्य चस्मा लगाएर
पुग्नेछु चुच्चे गाउँ जुत्ता टेकेर
खोटाङ, नेपाल
हाल: टोकियो, जापान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण