कोरोनाको त्रासबीच मनाइयो बिस्केट जात्रा, तस्बिरमा हेर्नुहाेस्
भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा शनिबारदेखि सुरु भएको छ । गत वर्ष कारोना भाइरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो ।
यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भनेपनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको थियो । ‘कोरोनाको त्रासका पुनः देखिएकाले वडाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने र त्यसको अनुगमन प्रशासनले गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले रातोपाटीसँग भनेका थिए। यद्यपि, जात्रा मनाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको कमै देखिन्थ्यो ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ ।
बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ ।
विगतमा बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने कार्य भएकाले यो वर्ष त्यस्तो कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण