मिलानको जीतमा इब्राहिमोविचलाई रातो कार्ड
आइतबार, २९ चैत २०७७, ०९ : ५९
एसी मिलानले पार्मालाई हराउँदै इटालियन सिरिए एको उपाधि जित्ने झिनो आशा कायम राखेको छ । यद्यपि, खेलमा ज्लाटान इब्राहिमोविचले रातो कार्ड खान पुगेका छन् ।
३९ वर्षीय स्वीडिस स्ट्राइकरले खेलको ६० औँ मिनेटमा रेफ्रीलाई केही कुरा भनेपछि सिधै रातो कार्ड पाएका थिए । त्यतिबेला मिलान २–० ले अघि थियो ।
इब्राहिमोविचले एन्टे रेबिकलाई पहिलो गोलको अवसर सिर्जना गरेका थिए भने फ्रांक केइसीको गोलमा संलग्न थिए । त्यसपछि रिकार्डो गाग्लिओलोले पार्मालाई आशा दिलाए पनि राफायल लिओले इन्जुरी समयमा गोल गर्दै मिलानलाई ३–१ ले जीत दिलाए ।
मिलान शीर्ष स्थानमा रहेको इन्टरभन्दा ८ अंकले पछि रहेको छ । इन्टरले आइतबार काग्लिअरीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण