गीतकार दीप गिरीको म्यूजिक भिडियो ‘मनखाने माया’ सार्वजनिक
बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले 'मनखाने माया’ बोलको गीतको म्यूजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् ।
यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ । नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’ले उक्त गीतमा संगीत भरेका छन् । गीतमा संगीत संयोजन विश्व अधिकारीले गरेका छन् ।
गीतको म्यूजिक भिडियो गणेश शाहको निर्देशन र रोनीको कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा डिमोन क्षेत्री, रोनी, श्रृजना जिसी, स्मृति श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय छ । म्यूजिक भिडियोको निर्मात्री सविता गिरी छन् । दर्शक तथा स्रोतहरुलाई नाच्न उत्साहित गर्ने खालको म्यूजिक भिडियो बनेको गीतकार गिरीले बताए। वि सं. २०४९ सालमा संगीतकार राजु सिंहसँगै प्रतिविम्ब ब्यान्डमा जोडिएपछि उनले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए । अहिलेसम्म उनको रचनामा कर्ण दास, साधना सरगम, जोन, धनुषा सिंह, योजना पुरी, राज खम्बु लगायतका चर्चित गायक गायिकाले आवाज दिइसकेका छन् ।
संगीतकार हरि लम्सालको संगीत र बेलायतस्थित गायक सुजन पराजुली र गायिका दिब्यानी शर्माको स्वरमा गिरीकै रचनाको अर्को नयाँ गीत रेकर्ड भइसकेको छ
लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार गिरीले लेखेका आधा दर्जन गीतहरू यसअघि नै रिलिज भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण