गोंगबु घटना : विदेश हिँडेका युवा मृत फेला, २ जना पक्राउ
काठमाडौं । स्याङ्जाबाट विदेश उड्नका लागी काठमाडौं आएका थिए ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्री । आइतबार विहान गोंगवुको गोदावरी सन्तोषी गेष्ट हाउसमा उनको शव भेटिएको छ । नारायणबहादुरको हत्या भयो वा स्वभाविक मृत्यु भयो भन्ने खुलेको छैन । घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धब्बुराम बस्ने र राजकुमार कवार योगी छन् । शुक्रवार दिउँसो मृतकसँगै उनीहरुसँगै बसेर होटलमा खानपिन गरेका थिए । धब्बुरामलाई काठमाडौंको आरुबारीबाट पक्राउ गरिएको छ । राजकुमारलाई सुनवलबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।
नारायणबहादुर विदेश जानका लागी स्याङ्जाबाट काठमाडौं आएका थिए । विदेशमा बस्दा धब्बुराम र मृतकको बीचमा चिनजान भएको थियो । मध्यान्हसँगै बसेर शनिवार साँझ उनीहरु छुट्टिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको शव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
