नागढुंगाबाट लागु औषधसहित २ जना पक्राउ
सोमबार, ३० चैत २०७७, १७ : २४
काठमाडौं । लागु औषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ । सर्लाही घर भएका यज्ञबहादुर श्रेष्ठ र बारा घर भएका धर्मेन्द्र माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सोमबार बिहान सर्लाहीबाट काठमाडौं आएको ग.१ख ८७८७ नम्बरको बसमा २३ वर्षीय श्रेष्ठ लागु औषध लिएर काठमाडौं आएका थिए । बाराबाट काठमाडौं आएको बा.३ख ६१४३ नम्बरको बसमा १९ वर्षीय माझीले लागु औषध ल्याएका हुन् ।
उनीहरुको साथबाट महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १ हजार ४ सय ५० एम्पुल लागु औषध बरामद गरेको छ । नाइट्राभेट ५ सय ४० ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण