७० तोला सुनसहित ४३ लाख चोरी गरेको आरोपमा युवक पक्राउ
सोमबार, ३० चैत २०७७, १८ : ०८
काठमाडौं । प्रहरीले ७० तोला सुनसहित ४३ लाख बराबरको धनमाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ–संस्था र सुनचाँदी पसलहरूमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पुनले गत फागुन १८ गते राती नवलपरासीको गैँडाकोटको काँग्रेस चोकस्थित मेनिका सुनचाँदी पसलको सटर फोडेर ७० तोला बराबरको सुनका गरगहनासहित अन्दाजी ४३ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण