सागरले ल्याए ‘संघर्ष’, भिडियोले देखाउँछ काठमाडौंमा संघर्ष गर्नेको व्यथा
काठमाडौं । गायक सागर कुवँरले ‘संघर्ष’ बोलको र्याप गीत सार्वजनिक गरेका छन् । भरतपुरका सागर विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका छन् । मानिसले संघर्ष गर्नेक्रममा भोगेका पीडालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश उनले यस गीतबाट प्रवाह गर्न खोजेका छन् । सपनालाई पूरा गर्नका लागि संघर्ष अनिवार्य रहेकाले यसबाट विचलित हुन नहुने सन्देश उनले भिडियोमार्फत पनि दिएका छन् । गीतको भिडियो काठमाडौं छिरेको एक व्यक्तिको संघर्षमा केन्द्रीत छ ।
भिडियोको सम्पादन तथा निर्देशन अनुप राईले गरेका हुन् । त्यस्तै, गीतको मिक्सिङ र मास्टरिङ मिस्ट चाम्ब्लिङले गरेका छन् । भिडियोमा सागर कान्छोले अभिनय गरेका छन् भने डिओपी रविन लामाले कलरिस्टको काम समेत गरेका छन् । त्यस्तै, हिमाल खड्का र कर्मा लामाले गीतको छायाँकन गरेका छन् । यस भिडियोमा मेकअप को काम मन्जिला मानन्धरले गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण