पत्नीको हत्या गरेर भागेका आरोपी इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ
काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरेको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका तेह्रथुम आठराई गाउँपालिका–४ तीन सल्ले घर भएका काजीमान पुरीलाई युएईबाट नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काजिमानमाथि २८ वर्षीया पत्नी बिन्दा पुरीको हत्या गरेको अरोप छ ।
काजिमानलाई लिन प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको टोली युएई गएको थियो । पत्नी हत्या गरेर विदेश भागेपछि नेपाल प्रहरीको आग्रहमा गत असोजमा इन्टरपोल सचिवालयले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
काजिमानलाई अहिले गौशाला प्रहरीको हिरासतमा राखिएको छ । उनलाई आवश्यक कारवाहीका लागी तेह्रथुम पठाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । युएईमा पक्रेर मंगलबार बिहान उनलाई काठमाडौं ल्याइएको हो । ०७६ चैतमा उनले पत्नी विन्दाको हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण