प्युठान दुर्घटना : मृतकको संख्या पाँच पुग्यो
बुधबार, ०१ वैशाख २०७८, १४ : ४९
गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुन् ।
यस्तै, मृतक सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण