भक्तपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
शुक्रबार, ०३ वैशाख २०७८, १६ : ३६
भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करीब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प.८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भइ हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण