‘ओ माई लर्ड’मा गरिमा र भीमको रोमान्स
शनिबार, ०४ वैशाख २०७८, १३ : २२
काठमाडौँ । गायक भीम श्रेष्ठको नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । स्वर, शब्द र संगीत समेत भीमकै रहेको गीतमा माया प्रेमका कुरा समेटिएको छ ।
शैलेन्द्र एम प्रधान ‘बाबु’को संगीत संयोजन गरेका गीतमा गायक भिम र गरिमा शर्माको रोमान्स समेटिएको छ ।
युवायुवती बीचको प्रेम र रोमान्स देखाउन खोजिएको भिडियाे शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीले छायाँंकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका गायक श्रेष्ठले यसअघि ‘जाने बेला’, ‘’माझी दाइ’लगायतका गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण