नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा
छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ ।
सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् । गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ ।
स्रोतका अनुसार फेब्रुअरीदखि अहिलेसम्म करिब २५ हजार भारतीय कामदारहरू काठमाडौंस्थित भारतीय दूताबासबाट एनओसी लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् । अझै पनि करिब २ लाख ५० हजार भारतीय कामदार तेस्रो गन्तव्य राष्ट्रका लागि नेपाल भित्रिने अनुमान गरिएको छ । अझै पनि भारतको अति संक्रमित दिल्लीबाट दैनिक ५ सयभन्दा बढी भारतीय कामदार काठमाडौं आउने गरेका छन् भने सीमा क्षेत्रबाट वैध तथा अवैधरूपमा भित्रिनेहरूको संख्या त गणनामै आउन सकेको छैन । सिंगापुर, चीन, साउदी अरेबियालगायतका राष्ट्रमा करोडौंको संख्यामा भारतीय कामदार कार्यरत छन् ।
भारतीय दूतावासमा एनओसी लिनेको भीड यति धेरै छ कि सातामा २ दिन शनिबार र आइतबार बन्द रहने दूतावासको कन्सुलर सेक्सन भने सातै दिन व्यस्त रहन्छ । दूतावासले नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कन्सुलर सेवा प्रभावित भएको सूचना जारी गरे तापनि तेस्रो राष्ट्र जानेहरूलाई एनओसी दिने कार्य भने रोकेको छैन । दूताबास परिसरभित्र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरे तापनि दूतावासबाहिरको भीड भने अनियन्त्रित छ । केही दिनअघि उक्त भीडलाई नियन्त्रण गर्न दूतावासमा खटिएका सुरक्षाकर्मीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।
आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण