स्वस्थ र फिट रहनका लागि खानैपर्ने कुरा
स्वस्थ रहनका लागि नियमित रुपमा फिट राख्ने खानेकुरा खाने गर्नुपर्छ । शरीर फिट राखेमा शरीर पनि स्वस्थ रहन्छ ।
जसका लागि यी खानेकुराको सेवन गर्नुस्ः
दही
दही प्रोटिन र पेट अनुकुल ब्याक्टेरियाले भरिएको हुन्छ । यसमा क्याल्शियम, पौष्टिक तत्व, भिटामिन बी२, भिटामिन बी१२, पोटाशियम र म्याग्नेशियम जस्ता तत्वहरु पाइन्छ । दहीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र शरीरलाई स्वस्थ राख्छ ।
दाल
अलग–अलग रङका दालमा भरपुर पोषक तत्व पाइन्छ । दालमा फाइबर, प्रोटिन जस्ता पदार्थहरु पाइन्छ । यसले पाचन तन्त्र स्वस्थ राख्छ, नयाँ कोशिकाहरु निर्माण गर्छ । दालमा भिटामिन ए, बी, सी, ई, म्याग्नेशियम, आइरन र जिंक आदि पाइन्छ ।
मसाला
तरकारीमा प्रयोग गरिने मसलाले स्वास्थ्यलाई निकै फाइदा गर्छ । यसमा दुखाई कम गर्ने, रोगसँग लड्ने, एन्टि अक्सिडेन्ट, रोग प्रतिरोधी क्षमता बढाउने आदि काम गर्छ । बेसार, दालचिनी, मेथी, मरिच जस्ता मसलाहरु खानु फाइदाजनक हुन्छ ।
लसुन
लसुनले स्वास्थ्यमा फाइदाजनक हुन्छ । यसले रक्तचापक कम हुने, कोलेस्ट्रोल जस्ता समस्याहरु कम गर्छ । यसले रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
-
बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण