राष्ट्रपति भण्डारीद्वारा बादललाई पुनः गृहमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो ।
ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो । राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए । थापाले आजै गृहमन्त्रीको रुपमा सपथ लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा
-
५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चितता गरिने
-
मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने
-
पाकिस्तान प्रशासित कश्मीरमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, ४ जनाको मृत्यु
-
शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
-
एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि संसद्मा अनुपस्थित