दिल्ली क्यापिटल्सलाई १९६ रनको लक्ष्य
मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पञ्जाब किङ्ग्सले १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन बनाएको हो ।
पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मयंक अग्रवाल र केएल राहुलले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । दुवैले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । आइतबार नै जन्मदिन सेलिब्रेसन गरेका कप्तान राहुलले ६१ रन बनाए भने अग्रवालले ६९ रन बनाए ।
यस्तै क्रिस गेल ११ रन बनाएर बाहिरिए भने निकोलस पुरनले ९ रनमात्र बनाउन सके । दिपक हुडाले २२ र शाहरुख खानले १५ रन बनाए ।
दिल्लीका लागि कगिसो रबाडाले ४ ओभरमा ४३ रन खर्चिएर एक विकेट लिए भने क्रिस वोकसले ४ ओभरमा एक विकेट लिँदै ४२ रन दिए । त्यस्तै लुकमान मेरीवालाले ३ ओभरमा ३२ रन दिएर एक विकेट लिए भने अविश खानले ४ ओभरमा ३३ रन खर्चिदै एक विकेट लिए ।
जारी प्रतियोगितामा दुई–दुई खेल खेलिसकेका यी दुवै टिमले एक जित र एक हार व्यहोरेका छन् । दिल्लीले राजस्थान रोयल्ससँग र पञ्जावले चेन्नई सुपरकिङ्ग्ससँग पराजय व्यहोरेको थियो ।
दिल्ली र पञ्जावबीच आइपिएलमा अहिलेसम्म कुल २६ खेल भएकोमा पञ्जावले १५ र दिल्लीले ११ खेलमा जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण