पार्टी जोगाउन सुदृढीकरण अभियान : माधव नेपाल
काभ्रे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा उनले पार्टी नेतृत्व नीति, सिद्धान्त र विचारबाट नभई व्यक्तिगत ढङ्गले चलेको आरोप लगाए ।
अहिले पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि नै आफूले निरन्तर सङ्घर्ष गरिरहेको र पार्टीका नेता तथा कार्यकर्तालाई आदर्श, सिद्धान्त, नीतिका पक्षमा लाग्नका लागि आग्रह गरिरहेको उनले बताए । “कम्युनिष्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति प्रधान होइन”, उनले भने, “जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ ।”
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले सिद्धान्त बिनाको कम्युनिष्ट पार्टी चलाउन खोजिरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्रलाई धरापमा पारेर अगाडि बढ्न खोजिरहेको बताइन् । उनले जिम्मेवारी बाँडफाँड, जिल्ला कमिटीको घोषणा, पालिका सम्मको कमिटी घोषणा भएकालाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सबै तहका नेता कार्यकर्तालाई जवाफदेही र जिम्मेवारीका साथ आफ्नो क्षमताअनुसार लाग्न निर्देशन दिइन् ।
कार्यक्रममा एमालेका नेता कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईँले पार्टीलाई सुदृढीकरणको अभियानमा सबै तह र तप्कालाई विचार, नीति, सिद्धान्तमा प्रतिबद्धताका साथ लाग्न आग्रह गरिन् । सो क्रममा एमाले काभ्रेपलाञ्चोकले टेकबहादुर वाइबाको अध्यक्षमा वसुन्धरा हुमागाईं उपाध्यक्ष, दिपक गौतम सचिवलगायत २०१ जनाको जिल्ला कमिटी पुनः गठन गर्नुका साथै जिल्लाका सबै पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसम्मको नेतृत्व चयन गर्नुका साथै जनवर्गीय सङ्गठन र मोर्चासमेत गठन गरी अगाडि बढेको घोषणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण