मोरङबाट लागु औषधसहित एकजना पक्राउ
सोमबार, ०६ वैशाख २०७८, १२ : ४२
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित आइतबारे बजारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीय सुरेन्द्र गड्तौला छन् ।
मिक्लाजुङ गाउँपालिका–३ घर भएका गड्तौलालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ट्रामाडोल २ सय ट्याब्लेट र डेकोलिक २ सय ट्याब्लेट बरामद गरेको छ । लागुऔषध मुद्दामा म्याद लिएर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण