७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवासप्रसाद शाह र काठमाडौंको चावहिलस्थित दिर्घायु गुरु अस्पतलामा कार्यरत मोहम्मद साहिद राजा छन् ।
सप्तरी घर भएका अखिलेशकुमार देव विराटनगरस्थित बरगाछीबाट पक्राउ परेका छन् । महोत्तरी घर भएकी पल्लवी सिंहलाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको छ । ललितपुरको सानेपा घर भएका फराज हुसेन खाँलाई ललितपुरबाट पक्राउ गरिएको ब्युरोका डिआइजी सहकुल थापाले बताए ।
सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो । मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत