‘कबड्डी ४’ बाट हिट होलिन् त मिरुना ?
काठमाडौँ । अभिनेत्री मिरुना मगर पछिल्लो समय लगातार फिल्म अभिनय गर्ने अभिनेत्रीमा पर्दछन् । तर पनि उनले हिट फिल्म दिन सकेकी छैनन् । सौगात मल्ल, विपिन कार्की अभिनित ‘लालपुर्जा’ फिल्मबाट अभिनय सुरु गरेकी मिरुनाको यो फिल्मले खासै दर्शक तान्न सकेन ।
त्यसपछि उनले दोस्रो फिल्म ‘रोज’ अभिनय गरिन् । रोज मेरो अभिनयको ट्रनिङ प्वाइट हो सो समय प्रचारको बेला उनले भनेकी थिइन् । तर फिल्मले दर्शक तान्न सकेन । ‘रोज’पछि उनको हातमा ‘साइनो’ र ‘च च हुईं’ पर्यो । दुबै फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तै पाएनन् । एकपछि अर्काे लगातार फ्लप फिल्म दिएकी मिरुना अहिले दयाहाङको हिट फिल्म ‘कबड्डी’ को चौथो सिक्वेल ‘कबड्डी ४’मा जोडिएकी छन् । तीन सिक्वेल हिट भैसकेको यो फिल्मबाट आफुले सफलता हात पर्ने विश्वास मिरुनाले लिएकी छन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामालगायतको अभिनय रहनेछ । फिल्मको निर्देशक रामबाबु गुरुङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण