टी–२० मा नेपालको दोस्रो उच्च स्कोर
काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले नेदरल्याण्डलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो ।
नेपाललाई अन्तर्राष्ट्रिय टी–२० मा दोस्रो ठुलो स्कोर खडा गर्ने क्रममा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान कायम गर्ने क्रममा मंगलबार ६२ रन बनाए । ४६ बल सामना गरेका उनले ८ चौका र एक छक्का प्रहार गरे ।
यस्तै ऐरीले विस्फोटक ब्याटिङ गर्दै ३० बलमै ६० रन जोडे । उनले तीन चौका र पाँच छक्का प्रहार गरे । यस्तै, सोमपाल कामीले र कुशल मल्लले १८ रन बनाए । नेदरल्याण्डले नेपाललाई अतिरिक्तका रुपमा १६ रन उपहार दिएको थियो ।
नेदरल्याण्डका लागि भिभियन किङ्ग्मा र पिटर सिलरले दुई÷दुई विकेट लिए भने बास डे लिडे र आर्यन दत्तले एक÷एक विकेट हात पारे । नेपालले मंगलबार टी–२० अन्तर्राष्ट्रिय म्याचमा दोस्रो उच्च स्कोर खडा गरेको हो । यसअघि सन् २०१९ मा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो । यो स्कोर नेपालले कुनै पनि अन्तर्राष्ट्रिय टी–२० मा बनाएको उच्च योगफल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण