कपिलवस्तु दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो
मङ्गलबार, ०७ वैशाख २०७८, १९ : २१
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । बुटवलको चौराह अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय खुरवाङ खडकाको अहिले साझ मृत्यु भएको हो । दुर्घटनामा योसहित दुई जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए । अझै ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका स्वास्थ्यकर्मी जनक केसीले बताए ।
बिहान बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण