सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन घोषणा

बुधबार, ०८ वैशाख २०७८, १४ : २१
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गरी पछिल्ला दिन कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने जनाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप