त्रिदेशीय शृङ्खला : नेपाल फाइनलमा प्रवेश
काठमाडौं । वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय ७ रनको जोडेको थियो ।
तर, मलेसियाको इनिङमा पुनः वर्षा भएपछि १० ओभरमा घटाइएको खेलबाट ९२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी सकिएको थियो । वर्षाका कारण ‘कट अफ् टाइम’ अवधि सकिएको खेलमा अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो ।
बराबरीको नतिजाले नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ५ अंक छ । मलेसियाले एक अंक जोड्दा श्रृंखलाको यात्रा समाप्त भएको छ । यद्यपि मलेशियाले बिहीबार नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ । खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्नेछैन ।
यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले राम्रो स्कोर छुन सकेनन् । मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको पारी खेले । नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १÷१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण