पत्रपत्रिका
नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने
बिहीबार, ०९ वैशाख २०७८, ०८ : २०
नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुकतर्फ यात्रा गर्ने सबै भारतीयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने अनिवार्य प्रावधान दुई महिनाका लागि खुकुलो बनाइएको छ ।
नेपालस्थित भारतीय दूतावासको आग्रहमा परराष्ट्र र गृह मन्त्रालयले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक जाने भारतीयलाई एनओसी लिन नपर्ने व्यवस्था मिलाएका हुन् ।
यसअघि एनओसी नलिएका भारतीयले तेस्रो मुलुक जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदैन थिए ।
काठमाडौँस्थित भारतीय दूतावासमा एनओसी लिने भारतीयको घुइँचो बढेपछि दूतावासले छोटो समयका लागि नयाँ व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको थियो ।
नयाँ निर्णयअनुसार वैशाख ९ देखि असार ५ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने भारतीयलाई एनओसी आवश्यक पर्दैन ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण